इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एस्टोन भिल्लालाई पराजित गरेको छ।
सिटीको घरेलु मैदानमा भएको खेलमा एस्टोन भिल्ला ३–१ ले पराजित भयो। जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी कम गरेको छ।
२२ खेलबाट ४८ अंक जोडेको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको आर्सनलको ५१ अंक छ। सिटीभन्दा एक खेल बढी खेलेको म्यानचेस्टर युनाइटेडको ४६ अंक छ।
खेलको चौथो मिनेटमा नै रोड्रिको हेडर गोलमा सिटीले अग्रता लिएको थियो।
३९ औँ मिनेटमा गुन्डोगनको गोलमा सिटीले अग्रता दोब्बर पारेको थियो। पहिलो हाफको इन्ज्युरी समयमा मरेजले पेनाल्टीमा गोल गर्दै अग्रता फराकिलो पारे।
पहिलो हाफमा नै ३–० ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल खान पुग्यो। खेलको ६१ औँ मिनेटमा वाट्कीन्सले गोल गर्दै खेललाई ३–१ मा ल्याएपनि टोलीको हार टार्न सकेनन्।
गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले लिड्सलाई २–० गोल अन्तरले पराजित गरेको छ।
Shares
प्रतिक्रिया