नेपालले आईसीसी लिग–२ मा नामिबियाविरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको छ। त्रिवि क्रिकेट मैदानमा सुरु भएको त्रिदेशीय एकदिवशीय पहिलो खेलमा नेपाल र नामिबियाबीच खेल हुन लागेको हो।
नेपालले नामिबिया र स्कटल्यान्ड दुवैसँग २/२ खेल खेल्ने छ।
रोहित पौडेलको कप्तानीमा नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन्।
सिरिजको खेल तालिका
फागुन २ गते : नेपालविरुद्ध नामिबिया
फागुन ५ गते : नेपालविरुद्ध स्कटल्याण्ड
फागुन ६ गते : नेपालविरुद्ध नामिबिया
फागुन ८ गते : नामिबियाविरुद्ध स्कटल्याण्ड
फागुन ९ गते : नेपालविरुद्ध स्कटल्याण्ड
33
Shares
प्रतिक्रिया