ad ad

खेल


नेपालविरुद्ध मिचेलको शतक

नेपालविरुद्ध मिचेलको शतक

नेपालखबर
फागुन २, २०७९ मंगलबार ११:५१, काठमाडौँ

मिचेल भान लिंगेनको शतक मद्दतमा आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोलीविरुद्ध नामिबिया हावी बनेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले ४० दशमलव ४ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा १ सय ९२ रन बनाएर खेलिरहेको छ। 

तेस्रो विकेटका लागि मिचेल चान लिन्गेन र कप्तान जिहार्ड इरास्मस १ सय २४ रनको साझेदारी गरेपछि नेपाल दबाबमा आएको हो। 

मिचेलले १ सय १८ बलमा ६ चौका र ४ चौका मद्धतमा शतक प्रहार हाने। उनले आफ्नो करियरको तेस्रो शतक हानेका हुन्। 

कप्तान इरास्मस ५६ रनमा पवेलियन फर्के। ७० बलको सामना गरेका उनले २ चौका र ३ छक्का हाने। कप्तन कुशल मल्लको बलमा सन्दीप लामिछानेले क्याच गर्दै यी दुईको साझेदारी तोडेका थिए। 

लो–हान्ड्रे लोरेन्स ५ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। कार्ल ब्रिकेनस्टोक १३ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड भए। जान निकोन ८ रनमा आउट भए। 

नेपालका सोमपाल कामी, सन्दीप लामिछाने, कुशल मल्ल र करण केसीले एक–एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .