भ्यालेन्टाइन ब्वाई करण केसीले घरेलु मैदानमा सुरु आइसीसी विश्वकप लिग अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध ५ विकेट लिँदै अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छ्न्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदामा सुरु सिरिजमा करणले ५ विकेट लिएका हुन्। योसँगै एक दिवसीय क्रिकेटको तीन खेलमा ५ विकेट लिने करण पहिलो खेलाडी हुन्।
करणले इनिङ्सको अन्तिम बलमा बेनार्ड शोल्टजलाई रोहित पौडेलबाट क्याच गराउँदै कीर्तिमान आफ्नो नाममा गरेका हुन्।
यसअघि करणले गत जुनमा ओमानविरुद्धको दुबै खेलमा समान पाँच विकेट झारेका थिए।
करणपछि लेग स्पिनर सन्दीप लामिछानेले ओडिआईमा दुई पटक पाँच विकेट दिएका छन्।
सन्दीपले सन् २०२० को फेब्रुअरीमा कीर्तिपुर मैदानमै अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए। त्यसअघि उनले २०२१ को सेप्टेम्बरमा पपुवा न्युगिनीविरुद्ध ६ विकेट लिएका थिए।
करण र सन्दीप अघि नेपालबाट ५ विकेट लिने सोमपाल कामी पहिलो खेलाडी हुन्। करणले २०१९ मा युएईविरुद्ध ५ विकेट झारेका थिए।
कर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भयो।
Shares
प्रतिक्रिया