ad ad

खेल


एक दिवसीयमा हजार रन पूरा गर्ने पहिलो खेलाडी बने रोहित पौडेल

एक दिवसीयमा हजार रन पूरा गर्ने पहिलो खेलाडी बने रोहित पौडेल

कप्तान रोहित पौडेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २, २०७९ मंगलबार १५:३, काठमाडौँ

राष्टिय क्रिकेट टालीका कप्तान रोहित पौडेलले एक दिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित १ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका हुन्। 

रोहितले २६ ओभरको पहिलो बलमा चौका हान्दै एक दिवसीय क्रिकेटमा १ हजार रन पुरा गरेका छन्। रोहितले सन् २०१८ मा नेदरल्यान्डसँग खेल्दै राष्टिय टोलीमा डेब्यु गरेका थिए। 

एक दिवसीय खेलमा रोहितले ५ अर्धशतक र १ शतक हानेका छन्। एक दिवसीयमा ३३ खेल खेल्ने क्रममा रोहितले यो कोशेढुङगा पार गरेका हुन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .