खेल


नामिवियाविरुद्ध जमेको जोडी (तस्बिरहरु)

नामिवियाविरुद्ध जमेको जोडी (तस्बिरहरु)

अर्धशतक पूरा गरिसकेका रोहित पौडेल र कुशल भुर्तेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
फागुन २, २०७९ मंगलबार १५:२७, काठमाडौँ

तीन देश सम्मिलित एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले बलिङ र ब्याटिङ दुवैतर्फ कुशल प्रदर्शन गरेको छ।

नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा ओपनर आशिफ शेख शून्य र तेस्रो क्रममा ज्ञानेन्द्र मल्ल २५ रन बनाउँदा आउट भएपछि दबाबमा परेको नेपाललाई कुशल भुर्तेल र रोहित पौडेलले उकासेका छन्।

ताजा अवस्थामा ३२ ओभर खेलिसकेको नेपालले २ विकेटको क्षतिमा १८१ रन बनाइसकेको छ।

नेपालको इनिङ उकास्ने क्रममा ओपनर कुशल भुर्तेलले ८२ बलमा ७७ रन बनाइसकेका छन्। उनले त्यसक्रममा ९ चौका र ३ छक्का हानिसकेका छन्।

उता चौथो क्रममा कप्तान रोहित पौडेलले ७५ बलमा ७२ रन हानिसकेका छन्। यी दुईको सतकीय साझेदारीले नेपालले विस्तारै खेल आफ्नो पक्षमा पारिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .