आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नामिबियाले स्कटल्यान्डसामु १ सय ५४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा १ सय ५३ रन बनाउँदा अल आउट भयो।
नामिबियालाई कम स्कोरमा रोक्न स्कटल्यान्डका माइकल लिस्क एक्लैले ४ विकेट लिए। ८.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २४ रन खर्चे। सफ्यान सरिफ र मार्क वाटले समान ३ विकेट लिए।
लो–लान्ड्रे लोरेन्सले जोडेको ५४ रन नै नामिबियाका लागि सर्वाधिक रह्यो। ८८ बलको सामना गरेका उनले ५ चौका हाने। बर्नार्ड सोल्टस्ले ३० तथा जान ग्रिनले २५ थपे। पिक्की या फ्रान्सले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
39
Shares
प्रतिक्रिया