स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका फरवार्ड राशफोर्ड युरोपका एक खतरनाक खेलाडी भन्दै प्रशंसा गरेका छन्।
बिहीबार युरोपा लिगअन्तर्गत म्यानचेष्टर युनाइटेडसँगको भीडन्तअघि टिप्पणी गर्दै उनले राशफोर्डको प्रशंसा गर्दै खेलका क्रममा नजरमा राख्ने बताएका हुन्।
म्यानचेष्टर युनाइटेड र बार्सिलोनाले युरोपा लिगको नकआउट राउन्ड प्लेअफअन्तर्गत पहिलो लेगमा भेट गर्दै छन्।
जाभीले भनेका छन्, ‘उनी युरोपमा अहिले धेरै खतरनाक खेलाडीमध्ये एक हुन्।’
बीबीसीका अनुसार उनले छोटो समयमा म्यानचेष्टर युनाइटेडलाई बदलेको भन्दै प्रशिक्षक टेन ह्यागको समेत प्रशंसा गरेका छन्।
48
Shares
प्रतिक्रिया