आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय सिरिजअन्तर्गत शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डका माइकल लिस्कले नेपालविरुद्ध शानदार शतक बनाएका छन्।
उनकै प्रेरक प्रदर्शनका कारण स्कटल्याण्डले नेपाललाई २ सय ७५ रनको गतिलो चुनौती दिएको छ। सुरुमा लगातार विकेट गएर धर्मराएको स्कटल्यान्डलाई लिस्कले नै उकासेर गतिलो योगफलमा पुर्याएका हुन्।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको छ। यो चुनौती छिचोल्न नेपालका लागि सहज भने छैन।
लिस्कले ८५ बलमा १०७ रनको शतकीय इनिङ खेल्ने क्रममा ३ चौका र ९ छक्का हानेका छन्।
उनले ७९ बलमा ३ चौका र ९ छक्का मद्दतमा सय रन पूरा गरेका थिए। लिस्कले नेपालविरुद्धकै खेलमा एकदिवसीय अन्तराष्ट्रियतर्फ पहिलो शतक पनि बनाएका छन्।
Shares
प्रतिक्रिया