आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डसँगको खेलमा दिपेन्द्र सिंह ऐरिले अर्धशतक पूरा गरेका छन्।
दीपेन्द्रले ३४.५ ओभरमा अर्धशतक पूरा गरेका हुन्। उनले ७० बलमा ५ चौका र १ छक्का प्रहार गरे।
आइसीसी लिग २ मा दीपेन्द्रको यो पहिलो अर्धशतक हो।
दीपेन्द्र र कुशलले छैटौँ विकेटका लागि शतकीय साझेदारी गरे। कुशल मल्ल ८१ रनमा क्याच आउट हुँदै पवेलियन फर्के। ६७ बलको सामना गरेका कुलले ९ चौका र ४ छक्का हाने।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले सम्हालिएर ब्याटिङ गरिरहेको छ। नेपालले ३१ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा १ सय ८८ रन बनाएर खेलिरहेको छ।
30
Shares
प्रतिक्रिया