नेपालले शुक्रबार घरेलु मैदानमा बलियो टोली स्कटल्याण्डमाथि रोमान्चक जित हात पार्यो। नेपालको जितमा पूर्व कप्तान सन्दीप लामिछाने, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे।
१० ओभर बलिङ गरेका सन्दीपले मात्रै २७ रन खर्चिएर ३ विकेट झारे। ब्याटिङतर्फ कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे।
२७५ रनको लक्ष्य पछ्याएको नेपालले ३१ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो।
तेस्रो ओभरको पहिलो बलमा पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले त्यही ओभरको चौथो बलमा ज्ञानेन्द्र मल्ललाई गुमायो।
आशिफ शेख र कप्तान रोहित पौडेल पनि क्रिजमा टिक्न सकेनन्। ७७ रन बनाउँदा नेपालले ५ विकेट गुमाइसकेको थियो।
तर त्यसपछि नेपाललाई दिपेन्द्र र कुसलले सम्हाल्दै जिततर्फ डोहोर्याए। उनीहरुले छैटौं विकेटका लागि एकम सय रनको साझेदारी गरेका थिए।
हेर्नुहोस् भिडिओ
कुशलले आक्रमक ब्याटिङ गर्दै ६७ बलमा ८१ रन बनाए। दीपेन्द्रले ११६ बल खेल्दै ८५ रनमा नटआउट रहे। दिपेन्द्र म्यानअफ दी म्याच समेत भए।
त्यसअघि स्कटल्याण्डका महत्वपुर्ण ३ विकेट सन्दीपले लिँदा नेपालले मध्यम लक्ष्य पाएको थियो। सन्दीपले स्कटल्याण्डका थोमस म्याकिस्टोन र म्याथ्यु क्रसलाई एलबीडब्लु धरापमा पारे भने ब्रान्डोन म्याकमुलेनलाई क्याचआउट गराएका थिए।
तर जितपछि सन्दीपले स्कटल्याण्डका खेलाडीसँग हात मिलाएनन्। खेलअघि सन्दीपलाई टोलीमा राखेको भन्दै स्कटल्याण्डको टोली नेपाल नआउने हल्ला चलाइएको थियो। तर त्यो हल्लालाई गलत सावित गर्दै स्कटल्याण्ड नेपाल आएको थियो।
शुक्रबारको जितपछि नटआउट रहेका सोमपाल र दिपेन्द्र स्कटल्याण्डको टोली अघि अघि नेपाली टोलीसँग पनि हात मिलाउँदै अघि बढेका थिए। अर्को तर्फबाट नेपाली टोली स्कटलल्याण्डका खेलाडीसँग हात मिलाउँदै अघि बढेका थिए।
सन्दीप लामिछानेभन्दा अगाडी थिए सूर्य तामाङ। उनी दिपेन्द्र र सोमपालपटि रहेका स्कटिस टोलीसँग हात मिलाउँदै अगाडि बढे।
तर सन्दीपले भने दिपेन्द्र र सोमपालसँग हात मिलाए पनि स्कटिस टोलीसँग भने हात मिलाएका थिएनन्। सोमपाल पछि रहेका स्कटिस खेलाडीले सन्दीपलाई हात दिएका थिए।
तर सन्दीप अर्कैतर्फ हेरेर हात नदिई अगाडी बढेका थिए। बीचमा र अन्तिममा रहेका स्कटिस खेलाडीले पनि उनीसँग हात मिलाउन खोजेका थिए।
तर सन्दीप भने त्यसलाई पनि बेवास्ता गर्दै अघि बढे। सन्दीप पछि रहेका नेपाली प्रशिक्षक मोन्टी देसाईले भने सबैसँग हात मिलाएका थिए।
यसअघि मंगलबार नामिवियाका खेलाडीसँग भने सन्दीपले हात मिलाएका थिए। त्यो खेलमा पनि सन्दीपले ३ विकेट नै लिएका थिए।
अब नेपालले शनिबार नामिवियासँग दोस्रो खेलखेल्दैछ। स्कटल्याण्डसँग अर्को खेल आगामी मंगलबार हुँदैछ।
Shares
प्रतिक्रिया