आईसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजमा लगातार चार विकेट पतनसँगै नामिबिया दबाबमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाको लगातार चौथो विकेट पतन भएको छ।
नेपालका लागि सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका छन्।
नामिबिया २९ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा १०९ रन बनाएर खेलिरहेको छ।
जान निकोल लिफ्टी–एटोन ४ र जान ग्रिन ४ रनमा क्रिजमा छन्।
ओपनर लो–हान्ड्रे लरेन्स ४१ र कार्ल ब्रिकेनस्टोक २० रनमा पवेलियन फर्के। पहिलो विकेटका लागि कार्ल र लरेन्सले ६४ रनको साझेदारी गरे।
माइकल भान लिंगेनलाई दीपेन्द्रको बलमा सन्दीप जोराले रनआउट गराए। १४ रन बनाएर कप्तान गेहार्ड इराम्स सन्दीपकाे बलमा बाेल्ड भए।
90
Shares
प्रतिक्रिया