ad ad

खेल


नामिबियाविरुद्ध आसिफपछि ज्ञानेन्द्रको अर्धशतक

नामिबियाविरुद्ध आसिफपछि ज्ञानेन्द्रको अर्धशतक

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन ६, २०७९ शनिबार १४:४८, काठमाडौँ

आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँगको खेलमा ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन्। 

ज्ञानेन्द्रले २२.५ ओभरमा ५ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन्। एक दिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो सातौँ अर्धशतक हो। 

दोस्रो विकेटका लागि आशिफ र ज्ञानेन्द्र मल्लले ११८ रनको साझेदारी गर्दै क्रिजमा छन्। मल्ल ५२ र आशिफ ५३ रनमा नटआउट छन्।

नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा १ सय १८ रन बनाएर खेलिरहेको छ।

ओपनर कुशल भुर्तेल १ रनमा क्याच आउट भए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्ङिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .