ad ad

खेल


भूकम्पपछि हराएका फुटबलर अत्सुको शव दुई सातापछि भेटियो

भूकम्पपछि हराएका फुटबलर अत्सुको शव दुई सातापछि भेटियो

नेपालखबर
फागुन ६, २०७९ शनिबार १५:१७, काठमाडौँ

टर्कीको भूकम्पपछि घर भत्केर पुरिएका फुटबल खेलाडी क्रिस्टियन अत्सु मृत फेला परेका छन्। भूकम्प गएको झण्डै दुई सातापछि उनको शव फेला परेको हो। 

घानाका ३१ वर्षीय खेलाडी अत्सुले इंग्लिस प्रिमियर लिगमा एभरटन, चेल्सी र न्युक्यासलका लागि खेलेका थिए।

६ फेब्रुअरीका दिन अन्ताक्यामा उनको अपार्टमेन्ट भत्केपछि उनी हराइरहेका थिए।

पछिल्लो समय उनी टर्कीको क्लब हतायस्परमा थिए। भूकम्पपछि सो क्लबले घाइते अवस्थामा अत्सुको उद्धार गरिएको बताएको थियो। तर, भोलिपल्ट फेरि उनी फेला नपरेको बताइयो।

उनका एजेन्टले शनिबार उनको मृत्युको पुष्टि गरेका छन्।

सो क्लबमा उनी सेप्टेम्बर २०२२ मा आबद्ध भएका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .