पोखरामा शुक्रबार आयोजित सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेइले जितेका छन्।
निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै उनले दोस्रोपटक स्वर्ण जितेका हुन्। दोस्रोपटक स्वर्ण हासिल गर्दा उनको रेकर्ड भने खस्कियो। गत वर्ष २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गर्दै उनले पोखरा म्याराथनमा नयाँ रेकर्ड कायम गरेका थिए।
केन्याकै जुलियस ओहोमेले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गर्दै रजत तथा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै कास्य जिते। उनीहरु क्रमशः ५ लाख, ३ लाख र २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा गण्डकी प्रदेशतर्फ रामजी बस्नेतले स्वर्ण हासिल गरे।
लमजुङका बस्नेतले २ घण्टा ४१ मिनेट ३१ सकेन्डमा दुरी पूरा गर्दै नगद ५० हजार रुपैयाँ प्राप्त गरे। गोर्खाका निरज भट्टले २ घण्टा ४५ मिनेट १३ सेकेन्डमा लक्ष्य भेट्टाउँदै ३० हजार रुपैयाँ प्राप्त गर्दा गोर्खाकै श्याम मगरातीले २ घण्टा ५० मिनेट ३ सेकेन्डमा दूरी पार गरी २० हजार रुपैयाँ प्राप्त गरे।
उता, हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईंले ह्याट्रिक गरेकी छन्। उनले लगातार तेस्रोपटक उपाधि जितेकी हुन्। निर्धारित दूरी २१ किमी १ घण्टा २५ मिनेट ६ सेकेण्डमा पूरा गर्दै एक लाख ५० हजार रुपैयाँ पाइन्।
सशस्त्र प्रहरीकी ए वृन्द्रा श्रेष्ठले १ घण्टा २६ मिनेट २५ सेकेण्डमा पूरा गर्दै एक लाख रुपैयाँ पाइन्। त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पार गरिन्। नेपाल पुलिसकी रेखा विष्टले १ घण्टा ३० मिनेट १४ सेकेण्डमा पूरागर्दै सान्त्वना भइन्। न्यौपानेले ७५ र विष्टले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
१० किलोमिटर पुरुषतर्फ संजय श्रेष्ठले ३६ मिनेट २१ सेकेन्डमा पुरा गर्दा सुवाष कार्कीले ३६ मिनेट ५४ सेकेन्डमा पूरा गरे। दिपक सुहानले ३७ मिनेटमा लक्ष्य भेट्टाए। महिलातर्फ एपिएफकी आशा रावतले ५० मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण हासिल गरिन्।
पुलिसकी विर्सामा कुमालले ५० मिनेट २९ सेकेन्डमा दूरी पूरा गर्दै रजत जित्दा आर्मीकी कल्पना खड्काले ५१ मिनेट ६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक हासिल गरिन्। पुरुष तथा महिलातर्फका प्रथम, दोस्रो र तेस्रोले समान ३०,२० र १५ हजार १५ हजार रुपैयाँ प्राप्त गरे।
ह्विलचियर प्रतियोगितामा दान थिन प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए। महिलातर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोस्रो र ववित्रा विक तेस्रो भइन्। दृष्टिविहीन महिलातर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोस्रो र देवी बराल तेस्रो भइन् भने पुरुषतर्फ विरेन्द्र लामिछाने प्रथम, आसिक खड्गी दोस्रो र प्रेम क्षेत्री तेस्रो भए।
उनीहरु सबैले समान क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे।
नेपाल भूतपूर्व खेलाडी मञ्च म्याराथनको आयोजक हो। अन्तर्राष्ट्रिय मान्यताप्राप्त म्याराथनलाई नेपालको औद्योगिक घराना लक्ष्मी समूहको साथ रहेको थियो। म्याराथनमा ‘रन फर फन’ विधामा पोखराका ५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए। म्याराथनअन्तर्गत विद्यालयस्तरीय ५ किलोमिटरको म्याराथन पनि समावेश गरिएको थियो
प्रतिक्रिया