खेल


केपी ओली कप : उपाधिका लागि मछिन्द्र र सातदोबाटो भिड्ने

केपी ओली कप : उपाधिका लागि मछिन्द्र र सातदोबाटो भिड्ने

नेपालखबर
फागुन १५, २०७९ सोमबार १७:१५, काठमाडौँ

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा मछिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सातदोबाटोसँगको भेट पक्का गरेको हो। 

मछिन्द्रका लागि खेलको १९ औँ मिनेटमा विमल घर्तिमगरले निर्णायक गोल गरे। विमलले रजिन धिमालको क्रसमा बललाई पोष्टको जाली चुमाएका थिए। 

दोस्रो हाफमा केही सुधारिएको प्रर्दशन गरेको आयोजक टोलीले गोल गर्ने केही राम्रो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। 

आजै भएको पहिलो सेमिफाइनलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै सातदोबाटोले फाइनलमा स्थान बनाएको थियो। 

उपाधि भिडन्त पर्सि बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ५ बजेपछि हुनेछ। 

प्रतियोगिताको विजेताले १० तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .