खेल


'स्कुल टु ओलम्पिक'को दोस्रो चरणको कार्यक्रम कर्णाली सम्पन्न

'स्कुल टु ओलम्पिक'को दोस्रो चरणको कार्यक्रम कर्णाली सम्पन्न

नेपालखबर
फागुन १६, २०७९ मंगलबार ११:५६, काठमाडौँ

विद्यार्थीलाई खेल क्षेत्रमा आवद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ नेपाल ओलम्पियन संघले थालेको 'स्कुल टु ओलम्पिक' कार्यक्रमको दोस्रो चरण कर्णाली प्रदेशमा सम्पन्न  भएको छ। 

संघले कर्णालीका जुम्ला र सुर्खेतका विभिन्न विद्यालयका विधार्थीहरुको बीचमा स्कुल  टु कार्यक्रम गरेको हो। 

सुर्खेतको एसओएस हर्मन माइनर विद्यालयमा ओलम्पियन दीपक  विष्ट, देवु थापा, कमलबहादुर अधिकारी तथा १३ औँ दक्षिण एसियाली खेलकुद का स्वर्ण पदक विजेता दीपक हमालले आफ्नो खेल जीवनको आरोह अवरोहबारे चर्चा गरेका थिए। 

सुदूरपश्चिम  खेलकुद  विकास परिषद्को सहयोगमा योअघि सुदूरपश्चिमको धनगढी  र कन्चनपुरमा स्कुल टु ओलम्पिक कार्यक्रम भइसकेको छ। 

संघले जुम्ला र सुर्खेतमा सहभागी विद्यालयलाई फुटबल, भलिबल र जर्सी सेट प्रदान गरेको थियो। 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भएको स्कुल टु ओलम्पिक कार्यक्रमलाई सातै प्रदेशमा प्रदेश खेलकुदको सहयोगमा सञ्चालन गर्ने लक्ष्य रहेको संघका अध्यक्ष दिपक विष्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .