आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल बिहान पौने ११ बजे सुरु हुनेछ।
युएईविरुद्धको खेलमा आज लेग स्पिनर सन्दीप लामिछाने मैदान उत्रने सम्भावना बलियो छ।
नाबालिका बलात्कार आरोप लागेका सन्दिपलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसँगै उनी हिजै यूएई पुगिसकेका छन्। सन्दीपले मौसम ढकालको स्थान लिएका छन्। प्रशिक्षणका क्रममा मौसम घाइते भएपछि उनको स्थानमा सन्दीपलाइ पठाईएको हो।
लिग २ को पछिल्ला ५ खेलमा अपराजित रहेको नेपाली टोली उच्च मनोबलमा छ। नेपालले यसअघि घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिज क्लीन स्वीप गरेको थियो।
युएईमा जारी सिरिजमा पनि नेपालले पपुवा न्यु गिनीलाई हराउँदै लिग २ मा लगातार पाँचौा जित दर्ता गराएको थियो।
उता घरेलु टाृली युएई भने घरेलु मैदानमा सुरु सिरिजको पहिलो खेलमा पीएनजीसँग पराजित भएको थियो। लिग २ का पछिल्ला २ हखेलमा युएईले हार भोगेको छ।
पछिल्लो समय खराब ब्याटिङबाट गुज्रिरहेको नेपालका ब्याटरहरुले एकपछि अर्को सम्झन लायक प्रर्दशन गरिरहेका छन्। मुख्य प्रशिक्षक मोन्टी देशाईले टोली सम्हालेपछि नेपालको ब्याटिङ समस्या सुधारिएको देखिएको छ।
पछिल्ला ५ वन डे खेलमा युएईले ३ र नेपालले २ खेलमा जित निकालेका छन्।
Shares
प्रतिक्रिया