आईसीसी विश्वकप लिग २ क्रिकेटका लागि यूएईविरुद्ध खेल्ने नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ।
त्रिदेशीय सिरिजको पहिलो खेलमा सन्दीप लामिछाने नहुँदा प्रतिस जिसी टिममा परेका थिए। पपुवा न्युगिनीविरुद्धको उक्त खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो।
तर सर्वोच्च अदालतको आदेशसँगै विदेश जान लगाइएको प्रतिबन्ध खुलेपछि बुधबार राति सन्दीप यूएई पुगेका हुन्। उनी बिहीबार यूएईविरुद्धको टिममा परेका छन्।
यूएईविरुद्धको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र गुल्सन झा टोलीमा छन्।
अरु १० खेलाडी यसअघिकै रहँदा प्रतिस बाहिरिएका छन्। विश्वकप छनोट खेल्न नेपालले बाँकी ७ खेलमध्ये ६ खेल जित्नैपर्नेछ।
66
Shares
प्रतिक्रिया