ad ad

खेल


यूएईविरुद्ध नेपालले लगालग गुमायो विकेट, ज्ञानेन्द्र र रोहित शून्यमै आउट

यूएईविरुद्ध नेपालले लगालग गुमायो विकेट, ज्ञानेन्द्र र रोहित शून्यमै आउट

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०७९ बिहिबार १६:१०, काठमाडौँ

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत युएईविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ।

यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले १७ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको छ। 

नेपालका लागि कप्तान रोहित पौडेल र ज्ञानेन्द्र मल्ल शून्यमै आउट भएका छन्।

ओपनर कुशल भुर्तेल पनि ५ रनमै आउट भए। ३ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १८ रन जोडेको छ। अहिले क्रिजमा आसिफ शेख र कुशल मल्ल छन्। 

नेपालले टस जितरे फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको छ।

आजको खेल जिते नेपालले लगातार छैटौँ खेल आफ्नो पक्षमा पार्नेछ।

यसअघि नेपालले स्कटल्याण्ड र नामिबियालाई दुवै खेलमा पराजित गरेको थियो। यूएईमा गत सोमबार पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको छ। 

आजको जितसँगै नेपालको विश्वकप छनौट खेल्ने सम्भावना बलियो हुनेछ। त्यसका लागि बाँकी ७ खेलमा नेपालले ६ खेल तित्नै पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .