आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनीविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।
दुवई इन्टरनेशन क्रिकेट स्टेडियममा पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। नेपालले तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिएको छ।
पहिलो खेलमा पीएनजीलाई ४ विकेटले हराएको नेपाली टोली लगातार दोस्रो जित हासिल गर्न चाहन्छ।
शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न नेपालले बाँकी सबै ६ खेल जित्नैपर्ने दबाब छ। शीर्ष पाँचमा रहँदै एक दिवसीय मान्यता जोगाउन नेपालले चार खेल जित्नुपर्ने हुन्छ।
३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकमा नेपाल छैटौं स्थानमा छ। समान ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकमा पीएनजी तालिकाको पुछारमा छ।
Shares
प्रतिक्रिया