ad ad

खेल


विश्वविजेता अर्जेन्टिनी टोलीका सदस्यलाई मेस्सीको उपहार सुनको आईफोन

विश्वविजेता अर्जेन्टिनी टोलीका सदस्यलाई मेस्सीको उपहार सुनको आईफोन

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १३:५७, काठमाडौँ

अर्जेन्टिनी टोलीका कप्तान लियोनल मेस्सीले कतार विश्वकप फुटबलका विजेता टोलीका सदस्यलाई सुनको आईफोन उपहार दिएका छन्। 

कप्तान मेस्सीले विश्वकप जित्ने टोलीका सबै सदस्यहरुलाई सुनको आईफोन उपहार दिएका हुन्। 

मेस्सीले टोलीका ३५ सदस्यका लागि सुनको आईफोन किन्न १ लाख ८५ हजार पाउण्ड खर्च गरेका छन्। 

मेस्सीले टोलीका सदस्यलाई सुनको आईफोन दिने इच्छा गरेपछि आई डिजाइन गोल्डले ३५ वटा ती फोन तयार पारेको थियो। 

मेस्सीको इच्छा अनुसार कम्पनीका  प्रमुख कार्यकारी अधिकृत बेन लियोनले २४ क्यारेट सुनको आईफोन तयार पारेका थिए। 

जहाँ क्यामेराको छेउमा खेलाडीको नाम र जर्सी नम्बर उल्लेख गरिएको छ। एप्पल लोगोको स्थानमा अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको लोगो र वर्ल्डकप च्याम्पियन २०२२ लेखिएको छ। 

कम्पनीले शनिबार ३५ ओटा आईफोन १४ एस स्मार्टफोन पेरिसस्थित मेस्सीको अपार्टमेन्टमा डेलिभर गरेको छ। 

'लियोनल सर्वोत्कृष्ट खेलाडी मात्र मात्र होइनन्, उनी हाम्रा सबैभन्दा वफादार ग्राहकमध्ये एक हुन्, उनले विश्वकप फाइनलको केही महिनापछि हामीलाई सम्पर्क गरेर टोलीका सदस्यलाई विशेष उपहार दिन चाहेको बताएुऽ आईडिजाइन गोल्ड कम्पनीका सीईओ बेन लियोन्सले भने, 'उनी घडी जस्तो सामान्य उपहार चाहँदैनथे, त्यसैले मैले सुनको आईफोनमा नामा लेख्न सुझाव दियौँ, जुन विचार मेस्सीलाई मन पर्यो।' 

अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएको विश्वकपमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै सन् १९८६ पछि विश्वकपको उपाधि उचालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .