स्टुगार्टमाथि साँघुरो जित निकाल्दै बार्यन म्युनिख बुन्डेस लिगको शीर्ष स्थानमा फर्किएको छ।
बार्यन शीर्ष स्थानमा फर्किएसँगै बुन्डेस लिगको शीर्ष स्थानको होड रोमाञ्चक बन्दै गएको छ।
उपाधि होडमा रहेका दुई टोली बार्यन र बोरुसिया डर्टमुन्ड दुवैको समान २३ खेलबाट ४९ अंक अक छ।
शनिबार राति भएको खेलमा बार्यनले स्टुटगार्टलाई २–१ गोल अन्तरले हराएको हो। खेलको ३९औँ मिनेटमा म्याथजिस डे लिग्टले गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाए।
६२औँ मिनेटमा एरिक क्याक्सिम चौपो–मोटिङले गोल गर्दै बार्यनलाई २–० को अग्रता दिलाए।
खेल सकिन २ मिनेट बाँकी छँदा स्टुटगार्टका जुआन जोसे पेरेले सान्त्वना गोल फर्काए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्यनले जित दर्ता गरेको हो।
18
Shares
प्रतिक्रिया