प्रिमियर लिगमा रेलिगेसनबाट संर्घष गरिरहेको साउथ हेम्प्टनले लेस्टर सिटीलाई हराउँदै पुछारको स्थान छाडेको छ।
शनिबार राति भएको खेलमा लेस्टरलाई १–० ले हराउँदै साउथ हेम्प्टन १९औँ स्थानमा उक्लिएको हो। तर रेलिगेसनको खतरा बाँकी नै छ।
रेलिगेसन जोनमा साउथ हेम्प्टनसँगै एभर्टन र बर्नमाउथ छन्। यी तिनै टोलीको समान ३ अंक छ। रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको लिड्स पनि जितको लागि संर्घष गरिरहेको छ।
खेलको ३५औँ मिनेटमा कार्लोस अल्काराजले गोल गर्दै टोलीको हार टारे। त्यसअघि खेलको ३२औँ मिनेटमा कप्तान जेम्स वार्ड प्रोज पेनाल्टीमा चुक्दा अग्रता बनाउने सुन्दर मौका गुमाए।
गएरातिकै खेमा म्यानचेस्टर सिटीले न्युक्यासललाई २–० ले तथा चेल्सीले लिड्सलाइ, एस्टोन भिल्लाले क्रिस्टल प्यालेसलाई र वुल्भ्सले टोटनह्यामलाई समान १–० गोल अन्तरले हराए।
Shares
प्रतिक्रिया