इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडमाथि लिभरपुलले फराकिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले युनईटेडमाथि ७–० को गोल अन्तरले जित निकालेको हो।
यो जितसँगै लिभरपुलले २५ खेलमा ४२ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ।
युनाईटेड ४९ अंक जोडेर तेस्रो स्थानमा छ।
लिभरपुलको जितमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २र२ गोल गरेका थिए।
एनफिल्डमा ४३औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए।
४७औं मिनेटमा नुनेजले, ५०औं मिनेटमा गाक्पोले, ६६औं मिनेटमा सलाहले, ७५औं मिनेटमा नुनेजले, ८३औं मिनेटमा सलाहले र ८८औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ७–० को जित दिलाएका हुन्।
27
Shares
प्रतिक्रिया