राफिन्हाको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि जित निकालेको छ।
नोउ क्याम्पमा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियालाई १–० ले पराजित गरेको हो।
बार्सिलोनाको जितमा राफिन्हाले गरेको गोल नै निर्णायक बन्यो। खेलको १५ औँ मिनेटमा सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए।
खेलको ५५औँ मिनेटमा फेरान टोरेसले पेनाल्टी मिस गर्दा बार्सिलोनाले अग्रता बनाउने मौका गुमायो।
खेलको५९ औँ मिनेटमा रोनाल्ड एराउजो रातो कार्ड खाँदै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सिमित बन्यो। एराउजोले ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रातो कार्ड दिँदै बाहिर पठाए।
जितसँगै बार्सिलोनाले २४ खेलबाट ६२ अंक जोडेको छ। दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ५३ अंक छ।
गएरातिकै अर्को खेलमा रियल भल्लाडोलिडले इस्प्यानोलाई २–१ गोलले हरायो। रियल मड्रिड र रियल बेटिस तथा रायो भल्लेकानो एथलेटिको बिल्वायोले गोलरहित बराबरी गर्दै अंक बाँडे।
Shares
प्रतिक्रिया