खेल


यूएईविरुद्ध निरीह नेपाली ब्याटर, ६८ रन बनाउँदा ५ विकेट गयो

यूएईविरुद्ध निरीह नेपाली ब्याटर, ६८ रन बनाउँदा ५ विकेट गयो

नेपालखबर
फागुन २२, २०७९ सोमबार १३:८, काठमाडौँ

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङमा उत्रेको नेपाल दबाबमा परेको छ।

एकजना ओपनरसहित टपअर्डरका अन्य चार ब्याटर गुमाएपछि नेपाल दबाबमा परेको हो। 

नेपालका एकजना ओपनर आशिफ शेख सस्तैमा आउट भए। उनी १४ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट भए

आशिफ आउट भएपछि ज्ञानेन्द्र मल्ल पनि २६ बलमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्किए। 

त्यसपछि ३२ बलमा ३२ रन जोडेको अवस्थामा कुशल मल्ल पनि बोल्ड हुन पुगे।

कप्तान रोहित पौडेल पनि आजको खेलमा चल्न सकेनन्। उनले ५ बल खेलेर केबल १ रन बनाउँदै आउट भए।

त्यसपछि खेलको १७ औँ ओभर चलिरहेका बेला दीपेन्द्र सिंह ऐरी पनि पवेलियन फर्किए। उनी केबल चार रन बनाएर आउट भए। 

ताजा अवस्थामा नेपालले १७ ओभर खेल्दै ५ विकेटको क्षतिमा ६८ रन बनाएको छ। 

नेपालले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीले मौका पाएका छन्। 

आजको खेलमा यूएईलाई उसकै घरेलु मैदानमा हराउने नेपालको योजनामा धक्का लाग्ने देखिएको छ। सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .