ad ad

खेल


मनिष डाँगीलाई वर्ष युवा खेलाडी अवार्ड

मनिष डाँगीलाई वर्ष युवा खेलाडी अवार्ड

उत्कृष्ट युवा खेलाडी घोषित मनिष डाँगी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २३, २०७९ मंगलबार १६:१५, काठमाडौँ

फुटबलर मनिष डाँगी वर्ष युवा खेलाडी घोषित भएका छन्। 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन्। 

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित समारोहमा मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरिएको हो। 

मनिषले फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पारेका हुन्।

मनिष नेपाली टोलीका उदयमान फुटबलर हुन्। उनले इराकविरुद्ध उत्कृष्ट गोल गरेयता चर्चा चुलिएको हो। उनैले साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका थिए।

मच्छिन्द्र नेपाली लिग च्याम्पियन मच्छिन्द्र क्लबबाट खेल्छन्। उनीसहितको प्रदर्शनबाट गत सिजन मच्छिन्द्रले लिग उपाधि लगातार चुमेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .