ad ad

खेल


भलिबलकी उषा भण्डारीलाई पिपल्स च्वाइस अवार्ड

भलिबलकी उषा भण्डारीलाई पिपल्स च्वाइस अवार्ड

पिपल्स च्वाइस अवार्ड विजेता उषा भण्डारी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २३, २०७९ मंगलबार १६:४२, काठमाडौँ

भलिबलकी उषा भण्डारीले पिपल्स च्वाइस अवार्ड जितेकी छन्। 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उषाले पिपल्स च्वाइस अवार्ड जितेकी हुन्। 

भलिबलकी उषाले यो अवार्ड जित्ने क्रममा क्रिकेटका कुशल भण्डारी र फुटबलका अञ्जन विष्ट,  टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन्। 

उषाले नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीले रजत पदक जित्दा टोलीकी सदस्यका रुपमा डेब्यु गरेकी थिइन्।

उनी सन् २०१९ र २०२१ मा नेपाली टोलीले सेन्ट्रल जोन भलिबलको उपाधि जित्दा पनि सदस्यका रुपमा थिइन्। उषा अहिले नेपाल पुलिस क्लबबाट खेल्छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .