ad ad

खेल


काभा महिला अन्तर्राष्ट्रिय भलिबल जेठ ६ देखि

काभा महिला अन्तर्राष्ट्रिय भलिबल जेठ ६ देखि

नेपाल भलिबल संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन। तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत ३, २०७९ शुक्रबार १२:५९, काठमाडौँ

काभा महिला अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप जेठ पहिलो  साता हुने भएको छ।

नेपाल भलिबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप जेठ ६ देखि १५ गतेसम्म हुने जानकारी दिएको हो।

संघले पत्रकार सम्मेलनमा च्याम्पियनसिपको लोगो सार्वजनिक गरेको छ। च्याम्पियनसिपको लोगो  राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङ, संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र उपाध्यक्ष गौतम लासिबा, राखेप सदस्य चन्द्र बदना राइले संयुक्त रूपमा  सार्वजनिक गरे। 

सो प्रतियोगितामा दक्षिण एसियाबाट बंगलादेश, मालदिभ्स, भारत, श्रीलंका र सेन्ट्रल एसियाबाट किर्गिस्तान, उज्बेकिस्तान, खजाकिस्तान र आयोजक राष्ट्र नेपाल गरी ८ राष्ट्र  सहभागी हुनेछन्। 

यो च्याम्पियनसिप एसियन सेन्टरजोनकै निरन्तरता हो।  घरेलु मैदानमा हुने च्यापियनसिपमा नेपालले स्वर्ण पदक जित्दै उपाधिमा ह्याट्रिक गर्ने योजना रहेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए। नेपालले यसअघि बंगलादेशमा भएको प्रतियोगितामा दुईपटक उपाधि जितिसकेको छ। 

यसपटक प्रतियोगिता आयोजना गर्न करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगिताका लागि राखेपस्थित कर्भडहलको चेन्जिङरुम, शौचालय, व्यवस्थापन, पारकेटिङ, ढल निकास, रंगरोगनलगायत मर्मतका काम सुरु भइसकेको छ। 

प्रतियोगिताका लागि नेपाली टोलीले प्रशिक्षण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .