ad ad

खेल


फैलिँदै क्रिकेट, सिन्धुपाल्चोकमा क्रिकेट संघको तदर्थ समिति गठन

फैलिँदै क्रिकेट, सिन्धुपाल्चोकमा क्रिकेट संघको तदर्थ समिति गठन

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १०:३, सिन्धुपाल्चोक

क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोकमा क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ।  मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

समितिका अन्य पदाधिकारीमा उपाध्यक्ष राजन धिताल, सचिव अजयकुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलीप लामा, सागर खड्का, सन्तोष चौलागाईं, अनिलकुमार धिताल छन्। 

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय क्रिकेटले पाइरहेको सफलताले देशले गर्व गर्ने वातावरण बनेको बताए। क्रिकेट खेललाई प्रोत्साहन गर्न आगामी दिनमा उपयुक्त मैदान निर्माण गरेर प्रतियोगिता आयोजना गर्न तथा क्रिकेट खेलको विकासका लागि सहकार्य गर्ने उनले जानकारी दिए। 

यस्तै क्रिकेट खेललाई सिन्धुपाल्चोकमा स्थापित गर्न सुरुआतदेखि नै सहयोग गरिरहेका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले नवगठित तदर्थ समितिलाई बधाई दिँदै क्रिकेट खेलको विकाससँगै खेलमैदान निर्माणमा आवश्यक पहल र सहकार्य गर्न तत्पर रहेको जानकारी दिए। 

उनले सिन्धुपाल्चोक क्रिकेट संघले जिल्लामा क्रिकेट खेललाई स्थापित गरेर देशले गर्व गर्ने खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। साथै क्रिकेट खेलको विकासका लागि निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे। 

सिन्धुपाल्चोक क्रिकेट संघ तदर्थ समितिका अध्यक्ष  धितालले सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठनपश्चात् क्रिकेट खेललाई आधिकारिक रूपमा जिल्लामा स्थापित गर्न गोरेटो बाटो निर्माणको सुरुआत भएको बताए।

नेपाली क्रिकेट जगत्‌ले एकपछि अर्को सफलता हात पार्दै जाँदा यसको लोकप्रियता पनि बढ्दो छ। पछिल्लो समय क्रिकेटलाई बुझेर माया गर्ने दर्शकको साथ पनि उल्लेख्य वृद्धि भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .