ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीको गोलकिपिङ प्रशिक्षकमा मनिष तिम्सिना नियुक्त भएका छन्।
भारतीय लिगमा गोकुलम केरला एफसीका गोलकिपिङ प्रशिक्षक रहिसकेका मनिष जारी ए डिभिजन लिगमा मनाङमा आबद्ध भएका हुन्।
आई लिगमा सिजन ब्रेकको समयमा नेपाल आएका मनिष बाँकी सिजनका लागि मनाङमा जोडिएका हुन्।
मनाङले अठारौं चरणको पहिलो खेलमा आज आइतबार जावलाखेल युथ क्लबसँग च्यासल मैदानमा खेल्दै छ।
लिगको १७औं चरणको खेल सकिँदा मनाङ ५ खेलमा जित, ६ खेलमा बराबरी र हारको नतिजा निकाल्दै २१ अंकमा तालिकाको आठौं स्थानमा छ।
लिगमा एकपछि अर्को खराब नतिजा आएसँगै मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए। उनको स्थानमा मनाङले विष्णु गुरुङलाई नियुक्त गरेको थियो।
27
Shares
प्रतिक्रिया