मलेसियामा सम्पन्न ५० किलोमिटर दौड प्रतियोगिताको उपाधि नेपाली युवतीले जितेकी छन्।
एसिया ट्रेल मास्टरद्वारा आयोजित कोबोई मलाया क्लासिक महिला दौडमा धादिङको धुनिबेँसी नगरपालिकाकी रशिला तामाङ विजयी भएकी हुन्।
निर्धारित दूरी ५ घण्टा ८ मिनेट ३२ सेकेन्डमा पूरा गर्दै उनले उपाधी जितेकी हुन्।
रशिला टिम टी एट नेपाल र टी एट ग्लोबलका तर्फबाट उक्त दौड प्रतियोगितामा सहभागी भएका हुन्।
रशिलाले यसअघि युरोपको दौडमा पनि स्वर्ण जितेकी थिइन्।
69
Shares
प्रतिक्रिया