ad ad

खेल


भारतीय महिला लिग : सरु र रेनुकाको टोली सेमिफाइनलमा, रेखाको बाहिरियो

भारतीय महिला लिग : सरु र रेनुकाको टोली सेमिफाइनलमा, रेखाको बाहिरियो

नेपालखबर
जेठ २, २०८० मंगलबार १२:४०, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर रेनुका नगरकोटे र सरु लिम्बु सम्मलित किकस्टार एफसी भारतीय महिला लिगको सेमिफाइनलमा पुगेको छ।

यता रेखा पौडेलको टोली भने बाहिरिएको छ। 

मंगलबार बिहान भएको पहिलो क्वार्टरफाइनलमा किकस्टारले होप्स फुटबल क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ। 

सरु र रेनुका दुवैले आजको खेलमा सुरुवाती ११ मा स्थान बनाएका थिए। खेलको १७ औँ मिनेटमा काभिया पाक्किरिसामीको गोलमा किकस्टारले सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको किकस्टारले दोस्रो हाफमा एक गोल खाँदा एक गोल थप्यो। खेलको ६२ औँ मिनेटमा रेनु रानीको गोलमा होप्सले बराबरी गरेको थियो।

तर इन्ज्युरी समयको पहिलो मिनेटमा नै कियोको एलिजावेथ कटुङवाले गोल गर्दै किकस्टारको जित पक्का गरिन्। 

किक स्टारले सेमिफाइनलमा एञ्जिलाको सेथु र इष्ट बंगालमध्ये एक टोलीसँग खेल्नेछ। 

आजै भएको दोस्रो क्वार्टरफाइनलमा रेखा सम्मिलित स्पोर्टस् ओडिसा भने इस्टर्न स्पोर्टिङ युनियनसँग टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएको छ। 

निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। 

इस्टर्नबाट सेमिफाइनलमा सावित्रा भण्डारी सम्मलित गोकुलम् केरला एफसी र ओडिसा एफसीमध्ये एक टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ। 

आजै हुने क्वार्टरफाइनलमा एञ्जिाल सम्मलित सेथु र इष्ट बंगाल तथा साम्बा सम्मिलित गोकुलम र ओडिसा एफसी भिड्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .