दार्जिलिङ जिम खाना क्लबद्वारा आयोजित अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटिएफ)को मान्यता प्राप्त ‘वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिता’ मा कमल थापा फाइनल प्रवेश गरेका छन्।
वैशाख ३० देखि दार्जिलिङमा सञ्चालन भैरहेको सो प्रतियोगितामा भारत, नेपाल, भुटान लगायत विभिन्न देशका सय भन्दा बढी सिनियर खेलाडीहरुको सहभागिता रहेको छ।
प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल्स प्रतिस्पर्धा अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालका कमल थापा र झ्याम्पा धोण्डुपको जोडीले भारतका दोस्रो वरियताका आशिष सेन र नरेश भिजको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेका छन्।
यसै गरी आजै भएको सिङ्गल तर्फको प्रतिस्पर्धामा कमल थापाले भारतका उदय माथुरलाई क्वार्टर फाइनलमा ६–२ र ६–२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
Shares
प्रतिक्रिया