ad ad

खेल


कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा २ वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता गराइने

कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा २ वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता गराइने

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १८:२, काठमाडौँ

आगामी २ वर्षभित्र कीर्तिपुर र मुलपानीको क्रिकेट मैदानको स्तरोन्नतरी सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने सरकारले नीति तथा कार्यक्रममा समेटेको छ।

आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममार्फत सरकारले आगामी दुई वर्ष भित्रमा मुलपानी र कीर्तिपुरको क्रिकेट मैदानको स्तरोन्नती गर्ने प्रतिबद्धता जनाएको हो। 

शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको निति तथा कार्यक्रममार्फत हरेक विद्यालमा खेल शिक्षकको व्यवस्था गरिने, वार्षिक खेलकुद क्यालेन्डर निमार्ण गरि कार्यक्रम गर्ने, एक वडा एक खेल मैदान एक पालिका एक कभर्डहल निमार्ण गरिने उल्लेख गरेका छन्।

यस्तै, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कृत गरिने, खेलकुद पुर्वाधारको दिगो व्यवथापनका लागि  स्थानिय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिनेछ। 

यस्तै खेलकुद पर्यटनको विकास र विस्तारका हुने किसिमका खेलकुद पुर्वाधारहरू विकास गर्न निजि साझेदारीमा निमार्ण गर्न साझेदारी गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

चितवनको भरतपुर र कैलालीको फाप्ला र बैतडीको दशरथ चन्द र मोरङको विराटनगर क्रिकेट रंगशालाको पुर्वाधार निमार्ण कार्य अघि बढाइने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .