प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोश्रो संस्करणको उपाधी अभिषेक बास्तोलाले उचालेका छन्।
काठमाण्डौस्थित त्रिभुवन आर्मी क्लवको टेनिस कोर्टमा शुक्रबार भएको फाइनलमा अभिषेकले आरभ हाडालाई ६-३, ६-० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।
जितसंगै अभिषेकले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। दोस्रो भएका आरभले २५ हजार रुपैयाँ पाए। प्रतियोगिताको मिक्स डबल्स उपाधि प्रदीप खड्का र मायिका राणाको जोडीले जिते।
30
Shares
प्रतिक्रिया