ad ad

खेल


काभा वुमन्स भलिबल च्यालेन्ज कपमा सहभागी हुन विदेशी टोली नेपालमा

काभा वुमन्स भलिबल च्यालेन्ज कपमा सहभागी हुन विदेशी टोली नेपालमा

नेपालखबर
जेठ ७, २०८० आइतबार १९:३४, काठमाडौँ

एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा सहभागी हुन सबै विदेशी टोली नेपाल आइपुगेका छन्। 

भोलिदेखि सुरु हुने च्यालेन्ज कपका लागि आज दिउँसो मालदिभ्सको टोली नेपाल आएसँगै सातै टोली नेपाल आइपुगेका हुन्। 

भार‍तीय टोली आज बिहान नेपाल आएको हो। शनिबार श्रीलंका, उज्वेकिस्तान, किर्गिस्तान, बंगलादेश र काजकस्तानको टोली नेपाल आएका थिए। 

च्यालेन्ज कप भोलिदेखि १४ जेठसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुँदैछ। च्यालेन्ज कपमा सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ। 

समुह ए मा आयोजक तथा घरेलु टोली नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान छन्। समुह बी मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान छन्। 

नेपालले भोलि किर्गिस्तानसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ। भोलि नै उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तान खेल्नेछन्। 

नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्ने तालिका छ। 

राउन्ड रोविन लिगपछि समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि स्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .