नेपाली राष्ट्रिय महिला टोली तथा एपीएफ क्लबकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) भारतीय महिला लिग (आईडब्लूएल) मा सावित्रा भण्डारी साम्बा सर्वाधिक गोलकर्ता बनेकी छिन्।
लिगमा २९ गोल गरेकी साम्बाले १ लाख भारतीय रुपैयाँ पाइन्।
आइतबार साँझ सम्पन्न फाइनलमा साम्बाको टोली गोकुलमले नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसीलाई ५-० को फराकिलो अन्तरले पाखा लगाउँदै लगातार तेस्रो पटक उपाधि उचालेको हो।
साम्बा फाइनल खेलको समेत प्लेयर अफ दि म्याच बन्दै १५ हजार रुपैयाँ पाइन्।
समूह चरणको अन्तिम खेलमा मुम्बई किंग्स एफसीलाई ११–१ को फराकिलो अन्तरले पराजित गर्दा साम्बाले आईडब्लूएलमा नयाँ कीर्तिमान कायम गरेकी थिइन्। साम्बाले बालादेवीको आईडब्लूएलमा ३८ गोलको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन्।
समूह चरणको अन्तिम खेलअघि लिगमा ३५ गोल गरेकी साम्बाले मुम्बइ किग्ससँगको खेलको पहिलो हाफमा ४ गोल गर्दै बालादेवीको कीर्तिमान तोडेकी थिइन्।
बालादेवीले २०१७–१८ क्रिष्पा एफसीका लागि १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। उनी २०१८–१९ मा मनिपुर पुलिसका लागि १६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। जुन कीर्तिमान साम्बाले आफ्नो तेस्रो सिजनमा नै तोडिन्।
आईडब्लूएलमा तीन सिजन बिताएकी साम्बा ५९ गोल गर्दै आईडब्लूएलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। ४८ गोल गरेकी बालादेवी दोस्रो स्थानमा छिन्।
Shares
प्रतिक्रिया