भारत नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ। उज्वेकिस्तानलाई पराजित गर्दै भारतले उपाधि यात्रा तय गरेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत उपाधिनजिक पुगेको हो।
भारतले उज्वेकिस्तानलाई २५–१७, २५–२० र २५–१५ को सोझो सेटमा पाखा लगायो।
प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा उज्वेकिस्तानले सुरुवातमा ६ अंकको अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन।
समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
शुक्रबार नै हुने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्नेछ।
नेपाल समूह ‘ए’ को उपविजेता र काजकिस्तान समूह ‘बी’को विजेताको रुपमा अन्तिम चारमा पुगेको हो।
Shares
प्रतिक्रिया