ad ad

खेल


सेभिल्लालाई सातौँ पटक युरोपा लिगको उपाधि

सेभिल्लालाई सातौँ पटक युरोपा लिगको उपाधि

नेपालखबर
जेठ १८, २०८० बिहिबार १२:१९, काठमाडौँ

रोमालाई टाइब्रेकरमा पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले सातौँ पटक युरोपा लिगको उपाधि उचालेको छ। 

पुस्कास एरिना बुढापेस्ट हँगेरीमा गएराति भएको खेलमा रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभिल्लाले कीर्तिमानी उपाधि उचालेको हो। सात पटक फाइनल पुगेको सेभिल्लाले सातै पटक उपाधि उचालेको छ।

सेभिल्लाले यसअघि सन् २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा उपाधि उचालेको थियो। यसअघि इन्टर मिलान, लिभरपुल, युभेन्ट्स र एट्लेटिको मड्रिडले समान तीन पटक उपाधि जितेका छन्। 

निर्धारित समयमा एक-एक गोलको बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। 

सेभिल्लाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे। रोमाका ब्रायन क्रिस्टान्टेले गोल गरे। 

खेलको ३५ औँ मिनेटमा पाउलो डिबालाको गोलमा रोमाले सुरुवाती अग्रता लिएको थियो। ५५औँ मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि सेभिल्ला बराबरीमा आएको थियो। 

त्यसपछि थप गोल हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .