आगामी महिना भारतमा हुने साफ च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा भएको छ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले साफका लागि बिहिबार अन्तिम टोलीको घोषणा गरेका हुन्।
साफ च्याम्पियनसिप असार ६ देखि १( गतेसम्म भारतको बैंगलुरुमा हुनेछ।
साफमा नेपाल घरेलु टोली भारतसँगै कुवेत र पाकिस्तानसँगै समूह ए मा छ।
समूह बी मा लेबनान, मालदिभ्स, भुटान र बंगलादेश छन्।
साफमा यो पटक दक्षिण एसियाबाहिरका लेबनान र कुवेतले पहिलोपटक सहभागिता जनाउँदैछन्।
साफ खेल्ने टोली
गोलकिपर– किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)।
डिफेन्डर– विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब)।
मिडफिल्डर– पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा –एपिएफ), मणीकुमार लामा (एपिएफ), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ)।
फरवार्ड – आषुश घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अञ्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र)।
Shares
प्रतिक्रिया