ad ad

खेल


मदरल्याण्ड माविद्धारा साम्बा सम्मानित

मदरल्याण्ड माविद्धारा साम्बा सम्मानित

नेपालखबर
जेठ २७, २०८० शनिबार १५:१४, काठमाडौँ

पोखराको मदरल्याण्ड माविले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई नगदसहित सम्मान गरेको छ। 

पोखरामा शनिबार भण्डारीलाई पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुवन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले नगद २५ हजार, सम्मानपत्र र दोसलाले सम्मान गरे।

सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा साम्बाले देशको प्रतिनिधित्व गदै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

राष्ट्रिय टोलीबाट ४३ खेलमा ४३ गोल गरेकी साम्बा नेपालको सर्वाधिक गोलकर्ता हुन्। नेपाली फुटबलमा उनले पुर्याएको योगदानको कदर गर्दै साम्बालाई सम्मान गरेको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताए। 

कार्यक्रममा साम्बाले आफ्नो फुटबल अभ्यासको कठोर सङ्घर्षमय अतीत सम्झँदै असम्भव केही नभएको र भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने बताइन्।  

मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबार देखी एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशका ६६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुनेले ३० दोस्राले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .