ad ad

खेल


जुलियन अल्भारेज : जसले एकै सिजनमा चार ठूला उपाधि उचाले

जुलियन अल्भारेज : जसले एकै सिजनमा चार ठूला उपाधि उचाले

विश्वकप र च्याम्पियन्स लिगको उपाधिसहित अल्भारेज


नेपालखबर
जेठ २८, २०८० आइतबार १३:४२, काठमाडौँ

केहीले फुटबललाई भाग्यको खेल पनि भन्ने गर्छन्। अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले देशलाई उपाधि जिताउ पटक पटक पराजित भएर भाग्यको परिक्षण गर्नुपर्यो। पटक पटक उपाधि भिडन्तमा हार्न पुग्दा उनले सन्यास नै घोषणा पनि गरेका थिए। 

सन् २०१४ को फाइनलमा जर्मनीलाई उपाधि सुम्पिन बाध्य मेस्सी सन् २०१८ अन्तिम १६ मै घर फर्किन बाध्य भए। त्यसबेला फ्रान्ससँग हारेपछि अन्तिम १६ बाटै घर फर्किनु परेको थियो।

त्यहीबीचमा मेस्सीले दक्षिण अमेरिकीस्तरीय कोपा अमेरिकाको दुई फाइनल चिलीसँग हार्न पुगे। पटक पटकको हारपछि अन्तत: सन् २०२२ र २०२३ मेस्सीको नाममा लेखियो।

यी समयमा मेस्सीले कोपा अमेरिका र विश्वकप दुवै जिते। मेस्सीको कलात्मक फुटबल हेरेर हुर्किएका जुलियन अल्भारेजले कतार विश्वकपका लागि भएको दक्षिण अमेरिकी छनौटबाटै अर्जेन्टिनाका लागि डेब्यु गरेकाा थिए।

३ जु २०२१ मा चिलीविरुद्धकै खेलमा डेब्यु गरेका अल्भारेजले त्यसयता फर्केर हेर्नुपरेको छैन। अर्थात्, उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलमा डेब्युको दुई वर्षभित्र सबै सफलता र उपाधि चुमिसकेका छन्। 

देशका लागि डेब्यु गरेको एक महिनामै अर्थात् २०२१ जुलाई ब्राजिलमा भएको कोपा अमेरिकामा उनी टोलीमा परे।

जुलाई २१ मा भएको फाइनल भिडन्तमा ब्राजिललाई घरेलु भूमिमा हराएर अर्जेन्टिनाले जितेको उपाधि अल्भारेजको पहिलो अन्तर्राष्ट्रिय सफलता थियो।

त्यसपछि निरन्तर राष्ट्रिय टिममा परेका उनले कतार विश्वकपमा पनि आफ्नो प्रभाव देखाए। कतार विश्वकपमा ४ गोल गर्दै आफ्नो प्रतिभा उजागर गर्दै कप्तान लियोनेल मेस्सीको बलियो भरोस बनेका उनले पहिलो सहभागितामै उपाधि चुम्न सफल भए। 

कतार विश्वकपपछि क्लब फुटबल लयमा फर्कियो। एक महिने विश्रामपछि लयमा फर्किएको क्लब फुटबलमा पनि उनको प्रभाव चलिरह्यो।

अघिल्लो सिजन अर्थात् जनवरी २०२२ मा अर्जेन्टिनी क्लब रिभर प्लेटबाट इङ्लिस क्लब म्यानचेस्टर सिटीमा आएका उनले त्यहाँ पनि आफूलाई अब्बल सावित गरे।

यो सिजन नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डको छायामा परे पनि उनले आफ्नो उत्कृष्ट स्ट्राइकर रहेको सावित गरेका छन्। पेप ग्वार्डिओलाले यो सिजन धेरै समय बेन्चमा राखे पनि उनले पाएको अवसर खेर फालेनन्।

२२ वर्षीय अल्भारेजले सिटीका लागि यो सिजन ४९ खेल खेलेका छन्। जसमध्ये उनले २३ वटा खेलमा मात्रै सुरूवाती ११ मा अवसर पाए। यद्यपि उनले सिटीका लागि सबै प्रतियोगितामा १७ गोल गरेर आफूलाई सावित गरे।

सिटीका लागि उनको चर्चित गोलका रुपमा रियल मड्रिडविरुद्धको सेमिफाइनलमा थियो। बेन्चबाट आएको एक मिनेट नबित्दै गोल गरेर उनले बलिया टोलीविरुद्ध पनि आफूलाई अब्बल सावित गरे।

व्यक्तिगत प्रदर्शन पनि उत्कृष्ट रहेका उनले अर्जेन्टिनाका लागि एक वर्षको बीचमा कोपा अमेरिका र विश्वकप जित्दा क्लब फुटबलमा पनि सबै उपलब्धि हासिल गरे, त्यो पनि एकै सिजनमा 

म्यानचेस्टर सिटीले एकै सिजन तीन उपाधि जित्दा उनी महत्वपूर्ण हिस्सा रहे। म्यानचेस्टर युनाइटेडले सन् १९९९ को एकै सिजनमा तेहेरो उपाधि जितेको रेकर्ड भेट्टाउने क्रममा सिटीले यो सिजन शनिबार राति च्याम्पियन्स लिगको उपाधि चुमेको छ।

यसअघि सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितिसकेको छ। सिटीले पछिल्ला तीन सिजनयता लगातार प्रिमियर लिग उपाधि चुमेको छ। घरेलु लिगसँगै कप पनि सिटीले जितेको छ। 

यसै सिजन म्याचेस्टर युनाइटेडलाई हराउँदै सिटीले एफए कपको उपाधि चुमेको छ। क्लब फुटबलका यी तीनसहित अल्भारेजले दुई वर्ष नबित्दै फुटबलका सबै उपलब्धि चुम्न सफल भए। क्लब र देशका लागि दुई वर्षकै बीचमा सबै किसिमका उपाधि चुम्न पाउने अल्भारेज भाग्यमानी खेलाडी बनेका छन्। 

उनले यसअघि सन् २०१९/२० मा अर्जेन्टिनामा रहँदा आफूलाई अब्बल सावित गरेका थिए। त्यहाँको चर्चित क्लब रिभर प्लेटका लागि उनले १६५ खेलमा ७५ गोल गरेका थिए। 

रिभर प्लेटले अर्जेन्टाइन प्रिमियर डिभिजनको उपाधि जितेको सिजनमा अल्भारेजले गोल्डेन बुट पनि जित्न सफल भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .