खेल


मेस्सीले छाडेपछि एम्बाप्पेलाई पनि बेच्दै पीएसजी, रियल मड्रिड भित्र्याउन तम्तयार

मेस्सीले छाडेपछि एम्बाप्पेलाई पनि बेच्दै पीएसजी, रियल मड्रिड भित्र्याउन तम्तयार

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार ११:३३, काठमाडौँ

विश्वकप विजेता लियोनेल मेस्सीले छाडेको केही सातामै अर्का स्टार स्ट्राइकर किलियन एम्बाप्पेले पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने भएका छन्।

२०२४ जुनसम्म सम्झौता रहेको अवस्थामा एम्बाप्पेले नयाँ सिजन सुरु नहुँदै पीएसजी छाड्ने निर्णय लिएका हुन्। 

एम्पाप्पेले सम्झौता नवीकरण नगर्ने जानकारी गराएसँगै पीएसजीले उनलाई बेच्ने मनस्थिति बनाएको हो।

दुई पक्षबीचको यो निर्णयसँगै स्पेनिस क्लब रियल मड्रिड एम्बाप्पेलाई भित्र्याउने तयारीमा लागेको छ।

रियल मड्रिडले अघिल्ला दुई सिजनमा पनि एम्बाप्पेलाई भित्र्याउ चाहेको थियो। सफल स्ट्राइकर करिम बेन्जेमा यसै सिजन साउदी अरेबियाको अल इत्तिहादमा आवद्ध भएपछि रियल अहिले उनको विकल्पको खोजीमा छ।

क्लबले २४ वर्षीय उनीसँग सन् २०२५ जुनसम्म सम्झौता नवीकरण तयारी गरेको थियो। तर एम्बाप्पेले क्लबसँग नयाँ सम्झौता नगर्ने निर्णयको पत्र पठाएसँगै उनी अब जुन २४ देखि फ्री हुनेछन्।

तर त्यसअघि नै उनलाई बेच्ने तयारी पीएसजीले गरेको हो। अब उनलाई नयाँ सिजनसँगै अर्को क्लबमा बेच्ने गरी पीएसजीले छलफल अघि बढाएको छ। फ्री एजेन्टको हातमा पुग्नुअघि नै पीएसजीले एम्बाप्पेलाई चाहेको मूल्यमा बेच्नेछ। 

पीएसजीसँग नयाँ सम्झौता हुन नसकेको अवस्थामा अब एम्बाप्पे ट्रान्सफर मार्केटका लागि खुल्ला हुनेछन्। 

एम्बाप्पेले पीएसजीका कीर्तिमानी गोल गरेका छन्। उनलाई पीएसजीले सन् २०१७ मा अर्को फ्रान्सेली क्लब मोनाकोबाट किनेको  थियो। 

एमबाप्पेले पीएसजीमा रहँदा २६० खेलबाट २१२ गोल गरेका छन्। उनी सन् २०१८ को विश्वकप विजेता पनि हुन्। उनले फ्रान्सका लागि ६८ खेलबाट ३८ गोल गरिसकेका छन्। 

यसअघि दुई सिजन बिताएर अर्का विश्वकप विजेता लियोनेल मेस्सीले पीएसजी छाडिसकेका छन्। उनी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामी जाने निश्चित भइसकेको छ। पीएसजीले अर्का स्ट्राइकर नेयमारलाई पनि बेच्ने चर्चा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .