ad ad

खेल


साम्बाले युरोपियन फुटबल खेल्ने

साम्बाले युरोपियन फुटबल खेल्ने

नेपालखबर
जेठ ३०, २०८० मंगलबार १४:५३, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले युरोपेली फुटबल खेल्ने भएकी छिन्।

उनले आगामी सिजनका लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानासँग सम्झौता गरेकी हुन्। इजरायल एसियाली महादेशमा भएपनि उसका क्लबहरुले युरोपेली प्रतियोगिताहरुमा भाग लिन पाउँछन्।

मंगलबार नै सामाजिक सञ्जालमार्फत साम्बालाई अनुबन्ध गरेको जानकारी गराएको छ। 

यरोपियन क्बबमा अनुबन्ध भएसँगै सावित्राले आफ्नो लामो समयदेखिको युरोप खेल्ने सपना पूरा हुन लागेको बताएकी छिन्। 

‘मेरो लामो समयदेखिको सपना पूरा हुन आँटेको छ। मलाई लाग्छ यो मेरो करिअरको अर्को खुड्किलो हो,’ उनले भनिन्, ‘यो अवसरलाई सक्दो सदुपयोग गर्नेछु।’

भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएसँगै उनको चर्चा थप चुलिएको थियो।

सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन्। राष्ट्रिय टोलीबाट ४३ खेलमा ४३ गोल गरेकी साम्बा नेपालको सर्वाधिक गोलकर्ता हुन्।

नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी उनले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन्।

उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .