अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अन्तर्रास्ट्रिय करिअरकै सर्वाधिक छिटो गोल गरेका छन्।
चीनको बेइजिङमा बिहीबार भइरहेको अस्ट्रेलियाविरूद्धको मैत्रीपूर्ण खेलमा मेस्सीले १ मिनेट १९ सेकेन्डमा गोल गर्दै कीर्तिमान बनाएका हुन्।
उनले मिडफिल्डर इन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्। खेलको दोस्रो हाफ चलिरहँदा अर्जेन्टिना १ गोलले अगाडि छ।
कतार विश्वकपपछि अर्जेन्टिना अहिले एसिया भ्रमणमा छ। उसले अब इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने छ।
783
Shares
प्रतिक्रिया