ad ad

खेल


जिम्बाब्वेविरुद्ध नेपालको मध्यम सुरुवात, सम्हालिएर खेल्दै ओपनरहरू

जिम्बाब्वेविरुद्ध नेपालको मध्यम सुरुवात, सम्हालिएर खेल्दै ओपनरहरू

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १३:४६, काठमाडौँ

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत जिम्बाबेविरुद्ध नेपालले सम्हालिएर ब्याटिङ गरिरहेको छ।  

जिम्बाब्वेस्थित हरारे स्पोर्ट्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १५ ओभरको समाप्तिमा बिनाविकेटको क्षति ५७ रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल र आशिफ शेख ५७ रन बनाएर खेलिरहेका छन्। 

कुशलले ५१ बलमा ७ चौका  मद्दतमा ३९ रन बनाएर क्रिजमा छन्। आशिफले ३१ बलमा १ चौका हान्दै १५ रन बनाएर नटआउट छन्। 

पछिल्लो समय उच्च लयमा रहेको नेपाल यसलाई कायम राख्ने योजनामा हुनेछ। 

विश्वकप छनोटमा नेपाल जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्। 

विश्वकप छनोटका लागि नेपालले स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा र जिम्बाबेमा दुई अभ्यास खेल खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .