ad ad

खेल


आईसीसी विश्वकप छनोट : बलिङमा कमजोर प्रदर्शनले नेपालको हार

आईसीसी विश्वकप छनोट : बलिङमा कमजोर प्रदर्शनले नेपालको हार

नेपालखबर
असार ३, २०८० आइतबार १९:५८, काठमाडौँ

आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको छ।

नेपालले दिएको २ सय ९१ रनको  लक्ष्य जिम्बाब्बेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

तेस्रो विकेटका लागि कप्तान इर्विन र सेन  विलियम्सले १ सय ६४ रनको अविजित साझेदारी गरेपछि नेपालविरुद्ध  सानदार जित निकालेको  हो। विस्फोटक ब्याटिङ गरेका जिम्बाब्वेका  कप्तान क्रेग इर्विनले १ सय २१ रनकोे अविजित पारी खेले। सेन विलियम्स १०२ रनमा नटआउट रहे। 

इर्विनले १सय  २८ बलमा १५ चौका र  १ छक्का हाने। सेनले ७० बलमा १३ चौका र १ छक्का  हाने।  

नेपालले पहिलो इनिङ्समा उत्कृष्ट प्रर्दशन गरेपनि जिम्बाब्वेका ब्याटरसामु नेपाली बलर निहिर बने। 

नेपालका लागि सोमपाल कामी र  गुलसन झाले एक एक विकेट लिए। सन्दीप लामिछाने महंगा सावित भए। उनले आफ्नो स्पेलमा ७७ रन खर्चिदा विकेट विहिन रहे। 

दिपेन्द्रसिंह ऐरिले आफ्नो  स्पेलमा  १ मेडन राख्दै ५८ रन दिए। गुलसन झाले  ७  ओभरमा  ३७ रन दिएर एक विकेट  लिए। सोामपालले  ५.३ ओभरमा १  मेडन राख्दै ३० रन दिदा  १ विकेट लिए। 

त्यसअघि गुलसनले २३.२ ओभरमा वेस्ली न्याशा मधेभरेको विकेट लिदै नेपाललाई जितको आशा देखाएका थिए।  

दोस्रो विकेटका लागि कप्तान क्रेग इर्विन र वेस्लीले गरेको ८२ रनको साझेदारी तोड्दै  गुलसनले नेपाललाई जितको  सम्भावना देखाएा थिए। गुसनले ३२  रन  बनाएका वेस्लीलाइए  दिपेन्द्र सिंह ऐरिको हातबात क्याच  आउट गराए। 

त्यसअघि आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले २५ रन बनाएका जोयलर्ट गुम्बीलाई एलबीडब्लु धरापमा पारे। 

पहिलो विकेटका लागि जोयलर्ट र कप्तान क्रेग इर्विनले ४५ रनको साझेदारी गरेका थिए। 
त्यसअघि हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए। नेपालले ओडिआइमा कुनै पनि टोलीविरुद्ध गरेको सबैभन्दा ठूलो साझेदारी गरेको हो। 

यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए।

भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का मद्दतमा ९९ रन बनाउँदा बोल्ड आउट भए। करियरको दोस्रो शतक ननिक पुगेका कुशल वेलिंग्टन मसाकाद्जाको बलमा बोल्ड आउट भए।

अर्का ओपनर आशिफ ६६ रनमा क्याच आउट भए। एक सय बलको सामना गरेका आशिफले ७ चौका प्रहार गरे। लामो सट खेल्ने धुनमा रहेका आशिफ वेलिंग्टन मसाकाद्जा कै बलमा क्याच आउट भए।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडल र कुशल मल्लले ७२ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए। रोहित ३१ रनमा क्याच आउट भए। कुशल मल्ल ४१ रनमा आउट भए।

मल्लले ४२ बलमा ३ छक्का र २ चौका प्रहार गरे। आरिफ शेखले १० रन थपे। गुलशन झाले १३ बलमा १३ रन जोडे । भीम सार्की शून्य रनमै आउट हुँदा दिपेन्द्रसिंह ऐरीले ६ रन, करन केसीले २ रन जोडे। 

नेपालले उत्कृष्ट सुरुवात गरेपनि अन्तिम क्रमका ब्याटर नटिक्दा उच्च स्कोर बनाउन चुक्यो। २ सय ५५ रन बनाउँदा ४ विकेट गुमाएको नेपालले बाँकी ४ विकेट ३५ रन बनाउँदा गुमायो। 

जिम्बाबेका लागि रिचार्ड एग्राभाले ४ तथा वेलिंग्टन मसाकाद्जाले २ विकेट लिए। टेन्डाइ चतारा र ब्लेसिङ मुजाराबानीले समान एकरएक विकेट आफ्नो नाममा गरे। ७ ओभर बलिङ गरेका चताराले १ मेडन राख्दै ५९ रन खर्चे। 

नेपालले अब असार ५ गते अमेरिकासँग ताकाशिंगा स्पोर्ट्स क्लबमा खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .