अलराउण्डर करण केसीले लगातार दुई विकेट लिर्दै नेपाललाई सफलता दिलाएका छन्।
करणले दोस्रो ओभरको पाँचौ बलमा स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई सफलता दिलाए।
कणले नै दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई आरिफ शेखको हातबाच क्याच आउट गराए।
चौथो ओभरको समाप्तिमा अमेरिकाले २ विकेटको क्षतिमा ११ रन बनाएर खेलिरहेको छ।
जिम्बाब्वेको ताकशिंगा स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले ब्याटिङ गरिरहेको छ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललित राजवंशीले खेल्ने भएका छन्।
जिम्बाबेसँगको खेलमा तीव्र गतिका बलर सोमपाल कामीले चोट बोकेपछि उनको स्थानमा ललितलाई ल्याइएको हो।
99
Shares
प्रतिक्रिया